Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उदयपुर-दिक्तेल सडक निर्माणले दिएकाे सास्ति,मजदुरले पारिश्रमिक र जग्गाधनिले मुआब्जा पाएनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2022
319Shares

खोटाङ । खोटाङमा सडक कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक नपाएको भन्दै निर्माण कम्पनीको एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको छ ।

दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत राजापानी (सिमपानी)–फोक्सिङटार सडक कालोपत्रेको काममा श्रम गरिरहेका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको बिरोधमा निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको हो ।

 

निर्माण कम्पनीले निर्माणस्थलबाट एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान खोज्दा सडक कालोपत्रेका क्रममा पसिना बगाइरहेका श्रमिक, उधारो सामान दिएका व्यवसायी र घर भाडा दिएका स्थानीयले अवरोध गरेका छन् ।

सडक कालोपत्रेका काममा श्रम गरिरहेका श्रमिक, व्यवसायी र स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई निबेदनमार्फत श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माण स्थलमा भएका निर्माण सामग्री अन्यत्र लैजान नदिने जानकारी गराएका छन् ।

निवेदकका अनुसार निर्माण कम्पनीबाट २०७६ सालदेखि विभिन्न स्थानमा घरभाडा, ज्यामीको पारिश्रमिक, गाडीभाडा र खाद्यान्नको गरी करिब १ करोड ५८ लाख २१ हजार ५९४ रकम भुक्तानी गर्न बाँकी छ । उनीहरुले श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माणस्थलमा भएका सामग्री अन्यत्र लैजान नदिने निवेदन गरेका हुन् ।

५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा राजापानी (सिमपानी)–फोक्सिङटार (२७ किलोमिटर) खण्डको सम्झौता गरेको थियो । तर सो खण्डको हालसम्म करिब ६० प्रतिशत मात्र प्रगती भएको छ ।

महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भने भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी गरिरहेको छ । सो खण्डको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ भने पन्चर्दाेबाटाे देखि माला सम्मकाे सडकमा विभिन्न ठाउँकाे बाटाे छेउकाे माटाेकाे थुप्राे नहटाइँदा बर्षामा पानी जम्ने र हिउँदमा भुसभुसे धुलाेकाे कारण साना सवारीसाधन  चल्न नसक्ने अवस्था छ भने ठुला सवारीसाधन  त्यसमै फसेर रहँने अवस्था छ।

 

उक्त गाइघाट- दिक्तेल सडक खण्डले साे सडक विस्तारित जमिनकाे न त मुआब्जा दिएकाे छ न त मालपाेत कार्यालयले लगत कट्टानै गरिदिएकाे छ। आफ्नाे खेतियाेग्य जमिनबाट सार्वजनिक सवारीसाधनहरु दाैडिरहेकाे जमिनकाे समेत मालपाेतमा तिराे तिरेनु परेकाे र त्यसकाे उपलब्धि  भने सवारीसाधनले बर्षायाममा हिलाे छ्याप्ने र हिउँदमा धुलाम्य हुने गुनासाे स्थानियहरुकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved