खोटाङ । प्यूठानको ऐरावती गाउँपालिका–१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।
साथिहरुसँग सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।
दोबाटो सामुदायिक वनको सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले २ नाल भरुवा बन्दुक सहित दस जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरीले जनाएको छ । ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।
