भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बजाउन निर्देशन दिएका छन् ।
वर्षा याम सुरू भएसँगै हुन सक्ने सम्भावित जाेखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिए ।
साेमबार चाँगुनारायण नगरपालिकाकाे स्वास्थ्य शाखाले आयाेजना गरेकाे अन्तरक्रियामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकाेपकाे जाेखिममा रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितकाे तत्काल उद्दार र राहत पुग्ने कार्यक्रम समावेश गरि कार्ययोजना बनाउन भने ।
विभिन्न महामारी जन्य राेगहरू र प्राकृतिक प्रकाेपहरूकाे राेकथाम नियन्त्रणका लागि सराेकारवालाहरूसँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उनले चाँगुनारायणवासीलाई स्वस्थ बनाउनका लागि स्वास्थ्यकर्मीहरूकाे भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने समेत बताए ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकाे स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै याेजना बनाएर काम गर्दा विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने बताए ।
साेही कार्यक्रममा चाँगुनारायण नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताए ।
उनले आगामी दिनमा थप याेजना बनाएर काम गरिने समेत बताए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनीिध, स्वास्थ्यकर्मीलगायतकाे सहभागीता रहेकाे थियाे । Bhaktapurtime.comबाट साभार
