Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा नेताहरुकाे जुहारि ,टंक र पूर्णबीच जाहेरी हालाहाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2022
29

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पूर्वसांसद टंक राई र पूर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ ।

पूर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पूर्वसांसद राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पूर्णबहादुरविरुद्ध पूर्वसांसद राईले कठालो समाएकामा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका पूर्वसांसद राईविरुद्ध शुक्रबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो । सोही दिन पूर्वसांसद राईले पूर्णबहादुरविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । घाइते पूर्णबहादुरको आफन्तले पूर्वसांसद राई, विवेक राई, धनीराम राई सहित ६ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

उनीहरूबीच ११ जेठ राती जालपास्थित एक होटेलमा कुटाकुट भएको थियो । पूर्वसांसद राईले सोही राती सामाजिक सञ्जालमार्फत आफूमाथि आक्रमण भएको खबर सार्वजनिक गरेका थिए । तर, पूर्णबहादुरलाई घाइते बनाएर उल्टै उसैलाई आक्रमण गरेको आक्षेप लगाएको छिमेकी गोपाल गुरुङ बताउँछन् । आक्रमण गर्ने पूर्णबहादुर नै घाइते अवस्थामा भेटिएपछि घाइतेका आफन्तले जाहेरी दिएको बताएका छन् । घाइते पूर्णबहादुर एमाले वडा कमिटी सदस्य हुन् ।

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा नीलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहीबार साँझ काठमाडौं लगिएको छ ।

कुटपिटका घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पूर्वसांसद राईको पक्षमा र एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

गठबन्धन दलले पूर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहीबार विज्ञप्तिमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि सोही दिन विज्ञाप्तिमार्फत पूर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको जनाएको छ ।

पूर्वसांसद राई खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै होहल्ला गरेपछि गएर सम्झाउन खोज्दा आफूमाथि आक्रमण भएको बताउँछन् । एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई घाइते बनाएर घटनाको सत्यतथ्य लुकाउन कुप्रचार भएको दाबी गरे ।

उसो त पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोतल हानेको लगायतका आरोप छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved