खाेटाङ। १० स्थानिय तह भएकाे खाेटङकाे रावाबेसि गाउँपालिकाले गाउँ कार्यपालिका सदस्यहरु पाएकाे छ।
६ वटा वडा रहेकाे उक्त रावबेसि गाउँ पालिकाकाे लागि १ नम्मर वडाबाट नेपाली काँग्रेसका तर्फबाट नवनिर्वाचित वडा सदस्य सिर्जना राई , वडा नम्मर २ का लागि दिपक विश्वकर्मा , वडा नम्मर ३ काग्रेसकै नवनिर्वाचित वडा सदस्य कालागि मेनुजा वि क ,वडा नम्मर ४ काे लागि नेपाली काँग्रेसबाट नवनिर्वाचित वडा सदस्य गाेमा पाण्डे त्यस्तै गरि वडा नम्मर ५ कालागि पनि नेपाली काँग्रेसका तर्फबाट नवनिर्वाचित धनिरा गुरुङ छन् भने वडा नम्मर ६ कालागि भने गाेविन्द बहादुर भुजेल चयन भएका छन्।
वडा नम्मर २ का दिपक बिश्वकर्मा र ६ का गाेविन्द बहादुर भुजेल बाहेक चारै जना भर्खरै सम्पन्न स्थानिय तह निर्वाचन बाट निर्वाचिन वडा सदस्यह रहेका छन् भने ल्पसंख्यक समुदायबाट बाट गोबिन्द बहादुर भुजेल साथै दलिलबाट दिपक विश्वकर्मा लगायत सबै कार्यपालिका सदस्यहरु निर्बिरोध चयन भएका छन्।
उक्त गाउँ पालिकामा पालिका प्रमुख नेपाली काँगेसबाट फटिककुमार श्रेष्ठ निर्वाचित छन् भने उप प्रमुखमा नेकपा एमालेका तर्फबाट काैशिला गुरुङ निर्वाचित भएका छन्।
