Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रेस युनियन खाेटाङद्वारा प्रेस युनियन खाेटाङका संस्थापक दाहाल मृत्युकाे सत्यतथ्य छानविकाे माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2022
24 shares

खोटाङ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शङ्कास्पद भएको भन्दै उहाँका आफन्त र नेपाल प्रेस युनियन खोटाङ शाखाले छानविनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थायी बासिन्दा ६३ वर्षीय दाहालको मृत्यु नभइ हत्या भएको भन्दै उहाँका आफन्त तथा छरछिमेकले शनिबार दिक्तेल बजारमा विरोध प्रदर्शनसमेत गरेका छन् ।

दाहालको मृत्युका विषयमा तत्काल छानविन गरी दोषी पत्ता लगाएर कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसमक्ष माग गर्दै आफन्तले दिक्तेलस्थित जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालय अगाडिसम्म नारा जुलुस प्रदर्शन गरेका छन् । मृतक दाहालका आफन्तले ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

आफ्नै कोठामा शङ्कास्पद अवस्थामा मृत भेटिनुभएका दाहालको शव शुक्रबार घटनास्थलबाट उठाएर जिल्ला अस्पतालमा राखेपछिOpen photo आज शनिबार परीक्षण गरिए पनि अहिलेसम्म उहाँका आफन्तले बुझ्न मानेका छैनन् । दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयमा शुक्रबार बिहान मृत फेला पर्नुभएको थियो ।

घटनाको सर्जमिन मुचुल्का तयार पार्ने क्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शङ्कास्पद मानेका छन् । प्रहरीले वडाध्यक्षहरुको रोहबरमा सर्जमिन गर्दै गर्दा दाहालले प्रयोग गर्दै आउनुभएका साम्सुङ कम्पनीको जे सेभेन मोबाइल हराएको स्थानीय नेत्र कटवालले बताउनुभएको छ ।

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्त (नाताले भदै पर्ने) राजन पौडेलले फेला पारेर प्रहरीलाई खबर गर्नुभएको थियो । दाहालको शव उहाँ बसेको कोठाभित्र भुइँमा ओछ्यान लगाएर सिरकले ढाकेर सुताइएको अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।

मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटोभन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताउनुभयो । दाहाल बस्दै आएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको, भुँइमा ¥याल चुहिएको तथा नजिकै हथौडासमेत भेटिएको थियो ।

घटनाको प्रकृति हेर्दा बुबाको मृत्यु नभइ हत्या भएकाले तत्काल दोषी पत्ता लगाएर कानूनी कारवाहीको माग गरिएको छोरा नवराज दाहालले बताउनुभएको छ । “घटना प्रकृति शङ्कास्पद देखिएको छ”, उहाँले भन्नुभयो, “घटनाका विषयमा सूक्ष्म ढङ्गबाट अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याएर कानूनी कारवाही गर्न माग गरिएको हो ।”

उता, नेपाल प्रेस युनियन खोटाङले पनि घटनाको यथाशीघ्र अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन प्रहरी प्रशासनसँग माग गरेको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै युनियनले युनियन खोटाङका पूर्वसंस्थापक सदस्य एवम् पूर्वअध्यक्ष दाहालको शरीरमा चोटपटक हुनु, भुइँमा सुतेको र सिरक ओढेको, नाक तथा मुखबाट रगत बगेको अवस्थामा भेटिनुले अप्राकृतिक ढङ्गले मृत्यु भएको देखिएको बताएको छ ।

“स्मरण रहोस उहाँ बसोबास गर्दै आएको स्थान नै प्रहरीको सुरक्षा घेरासँग जोडिएको सबैलाई थाहा छ”, युनियनका जिल्ला सचिव चिसाङ शेर्पाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “घटनाको सत्यतथ्य पत्ता लगाइ चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौँ ।”

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभएको छ । “घटनास्थलमा खटिएका प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा पूर्वपत्रकार दाहालको मृत्युको घटना शङ्कास्पद नै देखिएको छ”, उहाँले भन्नुभयो, “घटना शङ्कास्पद भएकाले सत्यतथ्य छानविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको अध्यक्षतामा शनिबार जिल्ला प्रशासनमा बसेको भेलाले गठन गरेको छानविन समितिमाथि समेत मृतकका आफन्तले आशङ्का व्यक्त गरेका छन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षककै अगाडिबाट मोबाइल लुकाइएकाले सोही व्यक्तिको नेतृत्वमा गठन भएको छानविन समितिले यथार्थ प्रतिवेदन नल्याउने उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved