काठमाडौँ । पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको छ । जहाज चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा उडाएका जहाज दुर्घटनामा परेको हो ।
तारा एयरको उक्त विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको जनाइएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।
जहाज उडान भरेको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको थियो ।
जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन्। file photo
