खाेटाङ।प्रगतिशिल युवा सञ्जाल खोटाङद्धारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका स्थित कालीका भगवती मन्दिर परिसर सरसफाई गरेको छ ।
खाेटाङ जिल्लाकाे पर्यटकिय क्षेत्रहरु मध्य दिक्तेल स्थित कालिका भगवति मन्दिरलाई स्वच्छ, सफा र सुन्दर बनाउने कुरालाई जोड दिँदै शनिबार यस सञ्जालले मन्दिरको आसपास सरसफाई गरेको हो ।
दिक्तेलको हाटडाँडा स्थित मन्दिरको गेटदेखि मन्दिर परिसरमा रहेको अव्यवस्थित प्रदुशित फोहोरमैलालाई व्याबस्थापन गरिएको छ भने,मन्दिर परिसमा अत्याधिक फोहोर भएकाले पर्यटक र पर्यटन क्षेत्रमा भएको असरलाई मध्यनजर गर्दै युवा टोलीले सरसफाई अभियान अघि बढाइएको उक्त टोलीका व्यवस्थापक चिरन्जीबि रिजालले बताए । उक्त क्षेत्रमा स्थानिय तहका प्रतिनिधिहरुले यस विषयमा खासै चासो नदेखाएपछि युवाको टोलिले सरसफाई सामग्री साथै जनचेतनामुलक सन्देश दिदै सरसफाई अभियानमा जुटेका छन् । यस जनचेतनामुलक सरसफाई अभियानलाई अझ प्रभावकारीरुपमा अगाडी बढाइने रिजालले बताएका छन्।
