काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले अमरिकी सहयोग परियोजना एमसीसीसम्बन्धि नेपालको संसदले पारित गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले प्राप्त गरिसकेको बताएका छन् ।
उनले व्याख्यात्मक टिप्पणी एमसीसीको अंग बनिसकेको बताए । शनिबार संसदमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाका बारेमा शंका नगर्न आग्रह गरे ।
‘हाम्रो संसदले पारित गरेको एमसीसीसम्बन्धि व्याख्यात्मक टिप्पणी अमेरिकाले प्राप्त गरिसकेको छ,’ उनले भने, त्यो एमसीसीको अंग बनिसकेको छ ।’
सरकारले जेठ १० गते संसदमा नीति तथा कार्यक्रम पेश गरेका थियो । शनिबार नीति तथा कार्यक्रममाथिको छलफल सकिएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।
