काठमाडौँ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा छ । यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद्को भनाई छ ।
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ ।
आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद्को भनाई छ ।
