काठमाडौँ । चिनको सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सङ्क्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन् ।
सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नगर्नुहोस् र सामाजिक दूरी राख्नुहोस्’, सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।
सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्येक्षेत्रमा शक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ ।
