काठमाडौं । श्रीमती हत्या मुद्दामा जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् ।
शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार मात्र सर्वोच्चले उनलाई जन्मकैद फैसला सदर गरेको थियो । दुई वर्षअघि उनको साढे ११ वर्ष कैद सजाय घटाइएको थियो ।
कोइरालालाई काठमाडौंबाटै पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । सर्वोच्चको फैसलाअनुसार उनी अझै साढे ११ वर्ष जेल बस्नुपर्ने हुन्छ ।
