काठमाडौँ । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।
शुक्रबार साँझ घर नजिकैको बारीको रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको थिए । उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीले बताए ।
