Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश १ सरकारमा शिल्पी/दलितलाई मन्त्री नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2022
6 shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शिल्पी/दलितलाई अनिवार्य बनाउन मुख्यमन्त्री बनाउन राष्ट्रिय समितिले प्रदेश १ सरकारमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ ले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र ब्यवस्थापन गर्न तीनलाख, ऐतिहासिक श्रमजीवि वर्ग, शिल्पी समूदायको परम्परागत शिल्पकला, सँस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न, भू-स्वामित्व सहितको शिल्पी साँस्कृतिक संग्रहालय स्थापना गर्न सरकारसंग जोडदार माग गरेको छ ।

विहिवार प्रदेश १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई उनको कार्यकक्षमा भेटगरि सो कुराको माग गरिएको थियो । जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पनि गराएको थियो । प्रदेश १ मन्त्रीपरिषद शिल्पी/दलित समूदायको प्रतिशतका आधारमा बनाईनु पर्ने बताएका थिए ।

शिल्पी/दलित समूदायको १५ बुँदे मागहरुको चेतावनी दिदैं हाल कम्तिमा १ जना प्रतिनिधित्व गराईनु पर्ने, सर्वाधिकार सम्पन्न शिल्पीरदलित विकास समिति गठन गरिनु पर्ने,प्रदेश योजना आयोग लगायत सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरु समानुपातिक, समावेशी सिद्धान्तका आधारमा गरिनु पर्ने, अति विपन्न शिल्पीरदलित भूमिहिन, अव्यवस्थित बसोवासी तथा सुकुम्बासीहरुको गाँस,बास,कपास र रोजगारीको ब्यवस्था गरिनु पर्ने, शिल्प सम्बन्धि पेशा ब्यवसायलाई संरक्षण,प्रवर्द्धन, बजार ब्यवस्थापन तथा विशेष अनुदानको ब्यवस्था मिलाईनु पर्ने, शिल्पीरदलितका छोराछोरीहरुलाई छात्रवृत्ति सहित उच्च शिक्षासम्म निस्शुल्क शिक्षा प्रदान गरिनु पर्ने,स्वास्थ्य उपचारका लागि निशस्शुल्क स्वास्थ्य विमा गरिनु पर्ने,अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र ब्यवस्थापन गर्न तीनलाख रुपैयाँ प्रदान गरिनु पर्ने,वैदेशिक रोजगारमा जान चाहने शिल्पीरदलित युवाहरुलाई विना धितो ऋण उपलब्ध गराईनु पर्ने,छिन्ताङ काण्ड लगायत प्रदेश १ का विभिन्न स्थान र समयमा समाज रुपान्तरणका लागि प्राणको आहुती दिने शहिदको सम्मान र उनीहरुको परिवारको ब्यवस्थापन गरिनु पर्ने, तथा कथित दलित समूदायलाई ऐतिहासिक पहिचानका आधारमा शिल्पी पहिचान स्थापित गराईनु पर्ने लगायत मागहरु राखिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राईले यी विषयहरुलाई आफुले गम्भीर रुपमा लिएको र यी मागहरुमाथि छलफल गरि कार्य प्रारम्भ गर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी,सोही समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज,सचिव शशीकुमार विश्वकर्मा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सोहि टोलीले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय ईन्द्र आङ्वोलाई भेटगरि आगामी बजेट विनियोजन गर्दा दलितमैत्री बनाईनु पर्ने लगायत ९ बुँदे मागहरु राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved