खोटाङ ।
नेकपा एमाले खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडा कमिटी सदस्य पुर्णबहादुर राईलाई आफै कुटेर मरासन्न बनाउने र आफै विज्ञप्ती निकालेको एमाले खोटाङको आरोप छ । नेकपा माओवादी केन्द्रका अनुसासन आयोगका अध्यक्ष समेत रहेका टंक राई,अम्बिका राई,धनिराम राई,पदम विक र विवेक राईले जेष्ठ ११ गते जालपा स्थित बाक्सिला दुमी होटलमा घाइते राईलाई मरासन्न हुनेगरी कुटपिट गरी घटनालाई छिपाउन र अन्यन्त्र मोड्न खोजेको एमाले खोटाङले विज्ञप्ती मार्फत जनाएको छ । घटना सुनियोजित र योजनाबद्ध रहेको एमाले खोटाङको ठहर छ ।
घटनालाई कुप्रचारगरी सत्यतथ्यलाई कमजोर बनाउन चारदलिय गठबन्धन लागि परेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए । आफै कुटेर मरासन्न बनाउने अनी आफै विज्ञप्ती निकाल्ने चारदलिय गठबन्धनको कुप्रचार पानी माथिको ओभानो जस्तै भएको उनको भनाई छ । दोषिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र घटनाका दोषिलाई अनेक प्रपञ्ज रचेर कार्वाही नगरेमा यस घटनाबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मा सम्वन्धित निकायले लिनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
यता, चारदलिय गठबन्धनले संयुक्त विज्ञप्ती निकाल्दै माओवादीका नेता टंक राईमाथी सांघातिक आक्रमण भएको जनाएको छ । कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने,धाक धम्की दिने र त्रासादीपुर्ण गतिविधि गरेको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने चारदलिय गठबन्धनको माग छ ।
घाइते राई जिल्ला अस्पताल खोटाङमा उपचाररत छन् । घाईते राईलाई धारिलो हतियार र वियरको बोतलले टाउकोमा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शरिरको विभिन्न ठाउँमा निलडाम र घटनाको प्रक्रिती हेर्दा ज्यानै मार्ने गरी आक्रमण गरिएको देख्न सकिन्छ । घटनाको बारेमा दुवैपक्षबाट एकले अर्कोलाई दोषि ठहर्याउने काम भैरहेको र प्रहरीले सत्य तथ्य बुझ्न आवश्यक प्रक्रिया अघाडी बढाएको प्रहरीको भनाई छ ।
