Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बर्तमान सरकार एकलौटी अघीबढ्यो : भक्तपुर कांग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2021
2.2K

जेठ ९,भक्तपुर– नेपाली कांग्रेस भक्तपुरले बर्तमान के.पी.ओलीको सरकार राज्य सत्ताकब्जाको नियतले अघि बढेको आरोप लगाएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज एक विज्ञप्ती जारी गर्दै बर्तमान ओलीको सरकार गठन भएको सुरु दिनदेखि नै नेपालको संबिधान, लोकतान्त्रिक बिधि पद्धती तथा संसदीय मूल्य र मान्यता बिपरीत निरकुंश ढंगबाट राज्य सत्ताकब्जाको नियतले आफ्ना गतिबिधिहरु अगाडि बढाई रहेको रहेको जनाएको छ ।

पार्टी जिल्ला उपसभापति हरि प्रसाद नेपालले जारी गरेको विज्ञप्तीमा ‘बिश्वासको मत लिन सक्दिन भनी नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने प्रधानमन्त्रीको कठपुतलीका रुपमा २१ घण्टाको छोटो सूचना दिनु, सूचना बमोजिम १४९ जना सभासदको हस्ताक्षर सहित माग गर्दा पुनः बिभिन्न बहानामा के.पी. ओलीलाई नै प्रधानमन्त्रीका रुपमा नियुक्त गरी मध्यरातमा संसद बिघटन गर्ने कार्यले बर्तमान सरकार अधिनायकबाद र निरंकुशताका साथ अघि बढेको प्रष्ट हुदाँहुदै संबिधान बमोजिम संबिधानको संरक्षक र पालकको रुपमा रहनु पर्ने राष्ट्रपति बर्तमान अवस्थामा संबिधान बिपरितका सवै कार्यलाई मलजल गर्ने मतियारका रुपमा देखिनु भनेको सर्वसत्ताबादको द्योतक रहेको प्रष्ट हुन्छ ।।’ उल्लेख गरिएको छ ।

राष्ट्रपति कसैको र कुनै दलको हुनु हुदैन भन्ने सर्वब्यापी मान्यता बिपरित राष्ट्रपति बिद्यादेवी भण्डारीको भूमिकाप्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले घोर भत्र्सना गरेको छ ।

‘राष्ट्रपति कार्यालयबाट सूचना प्रकाशित भै सकेको सन्दर्भमा प्रतिनिधि सभामा कायम १४९ जना माननीय सदस्यहरुले नेपाली काँग्रेस संसदीय दलका नेता श्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पदमा नियुक्तिको लागि प्रस्ताव सहित माग गरिएकोमा राष्ट्रपति कार्यालयबाट १४९ जना माननीय सभासदको माग बमोजिम श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा जालझेल पुर्णरुपमा बिश्वासको मत लिन सक्दीन भनी अर्को सरकार गठनका लागि माग गर्ने के.पी. ओलीलाई नै मध्य रातमा प्रधानमन्त्री नियुक्त गरी हठात प्रतिनिधि सभा बिघटन गर्ने कार्य राष्ट्रपति कार्यालयबाट हुनु भनेको संबिधान, बिधि परम्पराको खिल्ली उढाउने मात्रै होईन राष्ट्रपतिको निष्पक्षता प्रति हाम्रो गम्भिर असहमती रहेको छ । राष्ट्रपति कसैको र कुनै दलको हुनु हुदैन भन्ने सर्वब्यापी मान्यता बिपरित राष्ट्रपति बिद्यादेवी भण्डारीको भूमिका केवल वर्तमान प्रधानमन्त्री के पी ओली र उहाँको राजनैतिक दलको संरक्षण गर्नु र गलत क्रियाकलापको साक्षी बस्नु मात्रै भएको देखिएकोले राष्ट्रपतिको कार्यालयबाट भएका संबिधान बिपरीतका कार्यहरुको नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुर घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिको असंबैधानिक स्वेच्छाचारी तथा अधिनायकबादी प्रबृतिको बिरुद्द एकजुट भै सशक्त प्रतिकार गर्न भक्तपुर कांग्रेसले आम भक्तपुर बासी दिदीबहिनी दाजुभाईहरुमा आग्रह समेत गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved