खाेटाङ। प्रदेश नम्मर १ बाट २०७२साल बैशाख २७ मा विभिन्न क्षेत्रबाट तालिममा सहभागी रहि खाेटाङमा सुरक्षाको जिम्मा लिएर राष्ट्र र नागरिककाे सेवामा समर्पित नेपाल प्रहरिकाे एक टाेलिले खाेटाङकाे दिक्तेल स्थित रुपाकाेट डाँडामा anniversary कार्यक्र गरेकाे छ।
संघियता कार्यन्वयनकाे दाेश्राे स्थानिय निर्वाचन गत ३० गत्ते सम्पन्न भएकाे छ। याे निर्वाचनमा समेत सुरक्षामा सहभागी हुन खटियका सुरक्षा कर्मिहरुकाे उक्त टाेलि खाेटाङकाे रुपाकाेटमा उनिहरुले आज anniversary मनाएका हुन्। गत २७ मै याे कार्यक्रम गर्नु पर्ने भएपनि निर्वाचन र मत गणनाका कारण आजकालागि सारीएकाे सम्बद्ध श्राेतले बताएकाे छ।
तालिमकाे समयमा सँगै भएका ती सहपाठिहरु जिल्लाकै विभिन्न ठाउँमा सेवारत रहेर लामाे समय पश्चात् संयाेगले यसरी एकसाथ हुँदा आपसमा खुसि साट्नकालागि याे कार्यक्रम आयाेजना गरियकाे सहभागी एक प्रहरी जवानले बताएका छन्।
दिक्तेलकाे रुपाकाेट डाँडामा सम्पन्न उक्त कार्यक्रममा जीवन चाैधरी,सुनिल राई,रविन्द्र यादव,अशाेक मेहता,कमल भुजेल,आयुष राई,हरेराम राजबंशि,दुर्गा राई,दिपेन्द्र सार्की,दुर्गा निरउला,गाेविन्द तामाङ,शन्ताेष यादव,गिताराम तिमलसेना लगायतकाे आपसि जमघट सहित anniversary कार्यक्रम गरिएकाे सहभागी जीवन चाैधरिले जनाएकाे छ ।
