Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्यो बेला सरकार तिमी जनताको भएनौ अब अरु बेला तिम्रो के काम ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2021
192 shares

काठमाडौं ज्योती केसि ,बु.न.पा ११ हामिलेराजनैतिक परिवर्तनका कुरा धेरै गरेउ , कुरा मात्र होइन देशलाइ पटकपटक राजनैतिक प्रणाली प्रयोगको खेलमैदान समेत बनायौ ।यस अघि राजा सहितको प्रजातन्त्रमा प्रवेश गरेका हामी त्यो व्यवस्थाले खुट्टा टेक्न शुरु नगर्दै टाउकोमा घन हान्न तम्सियौ अहिले हामी राजा बिनाको गणतन्त्र अभ्यास गरिरहेका छौ त्यो पनि संघियता सहितको सायद राजनैतिक परिवर्तनका हिसाबले अब हामिले यो भन्दा अर्को पाउनु पर्ने केही छैन । यहाँ सबैलाइ अवगत नै छ हामिले ल्याएका ती सबै व्यवस्था जनताको जिवनमा उज्यालो पाउनका लागि थियो ।

व्यवस्था फेरियो तर जनताको बिबस्ता आज पनि जहाँको त्यही छन । कारण एउटै छ हामिले जनताको समृद्धिलाई होइन आफ्नो र आफ्नाहरुको समृद्धिमा मात्र आफुलाइ केन्द्रित बनायौ ।व्यवस्था परिवर्तनलाई आफ्नो बर्ग परिवर्तनको माध्यम बनाएका हाम्रा लागि जनताको वर्ग परिवर्तन केवल आन्दोलनको नारा बाहेक केही भएन । कोरोना महामारीको उदेकलाग्दो त्रास दिनानुदिन बढिरहेको छ ।

प्रत्येक दिन सार्बजनिक हुने मृत्युुको संख्याले संक्रमितहरु मा समेत त्रास बढाइरहेको छ । एकबुंद अक्सिजन नपाएर तड्पितड्पी मानिसहरुले ज्यान गुमाइरहेका छन् । जस्ले जे जस्तो दावी गरेपनी आजको हाम्रो तितोसत्य नै यहि हो । थाहा छैन अझै कति समय सम्म एक लिटर अक्सिजनको कमिले हामिले आफ्ना आफन्त गुमाइरहनु पर्ने हो । जस्ले साच्चिकै आफ्ना आफन्त गुमाइरहेका छन् उनिहरुको पीडा भनी साध्य छैन ।

हामी कहाँ राज्य,सरकार अनि अप्ठेरो पर्दा हामी छौ भन्ने राज्यका निकायहरू छन् कि छैनन् भन्ने अनुभव तिनले मात्र गरेका छन् जस्ले एक सिलिन्डर अक्सिजनका लागि आशुका बकिन्द्र धारा बगाएका छन् । अस्पतालमा बेड मात्रै पाउनका लागि अनेकौं हन्डर र ठक्कर खाएका बिरामिका आफन्तलाई थाहा छ साच्चिकै यो देशमा सरकार छ कि छैन भन्ने कुरा । कसैको साहारा नपाएर आफन्त गुमाएकाहरुका अगाडि यो शहर केवल मृत्युको ब्यापार गरिरहेको हाटबजारमा परिणत भइरहेको छ ।

सरकारले अक्सिजन बेड,भेन्डिलेटरको कमि छैन भनेको सुन्दा लाग्छ उनिहरुको सरकारका नाममा जनताको पीडा माथी यति साह्रो मजाक कसरी गर्न सकिन्छ ?

बेडका लागि अनेकौं हन्डर खाएर बिरामी घुमाउदा घुमाउदै आफन्त गुमाएर लास बुझाएर आएका आफन्तले सरकार रुपी त्यो चरिको यस्तो रवाफिलो सन्देश सुन्दा कति पीडा हुदोहोला । शासकहरुलाई राम्ररी थाहा होलानि आम जिवनलाइ सरकार र उसका संरचना यस्तै विपतिको बेला मात्रै चाहिने हो बाकी समयमा त जनताले आफ्नो जीवन जसो कसो आफै चलाइरहेका छन् । तिमिहरु राज गर, शासन गर,कमिसनको खेलमा रमाउ,जे गर्नु छ गरिनै रहेका छौ तर आज जनता असह्य छन उनिहरुका लागि तिम्रो साहारा चाहिएको छ ।

त्यो बेला सरकार तिमी जनताको भएनौ अब अरु बेला तिम्रो के काम ?

किनभने यस बेला जनताले पलपल सरकार खोजिरहेको छन ।अक्सिजनको एक सिलिन्डरका लागि सडक-सडक भौतारिरहेका बिरामिका आफन्तले प्रत्येक पाइलामा सरकार खोजिरहेका छन । अस्पतालमा बेड नपाएर निरास भएको बिरामिका आफन्तले प्रत्येक सासमा सरकार खोजिरहेका छन् ।

जनतालाई पनि थाहा छ विपत्ति बाजा बजाएर आउदैन र संसारका कुनैपनी सरकारले सबैकुरा सबै कुरा पहिले नै तयारी अवस्थामा राख्दैनन् भन्ने कुरा तर यश अघि पहिलो भेरियन्टको बेला यहि सोचेर चित्त बुझाउनु पर्ने पनि थियो । सरकार संग स्वास्थ्यका विज्ञहरु पनि थिए,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महामारी सम्बन्धि रिपोर्टहरु थिए प्रायः सबै बैज्ञानिकहरुले भनिरहेका थिए कि यो कोरोनाले अरु धेरै पटक आफ्ना भेरियन्टहरु ल्याउने छ र ती सबै भेरियन्टहरु पहिलाको भेरियन्ट भन्दा कैयन गुणा बढी शक्तिशाली हुनेछन् त्यसैले सबैले ख्याल गरौं भनेर तर हाम्रो सरकार जसलाई कुर्सिको बाहेक कुनै कुराको लागि चिन्ता छैन ।उसलाइ ती बैज्ञानिकहरुको चेतावनीको के मतलब ।

उयो बिचमा आफ्नो कुर्सी थरमर्‍याउने अवस्था आउदा बरु उल्टै उ स्वयं यो महामारीमा जनताको स्वास्थ्य माथि खेलवाड गर्दै आफै शक्ति प्रदर्शन,शिलान्यास,उद्घाटन तर्फ पनि लाग्यो । आफ्नो कुर्सी जोगाउनैका लागि अनिक खेलखण्डा गर्यो । राजनितिमा गर्न मिल्ने नमिल्ने सबै काम संघ देखि प्रदेश सम्म मात्र आफ्नो कुर्सी जोगाउन गरियो वा कुर्सी हत्याउन ।

जनताको जीवनरक्षाका लागि कुनै त्यस्तो तदारुकता आजसम्म जनताले महसुस गर्न पाएनन् । हिजो पहिलो लहर चलिरहेका बेला पनि जनताले आफ्नो जीवन बचाउन सैयौं मायलको यात्रा प्रचण्ड गर्मिका बिचमा पैदलै पार गरेका दृश्य शासकहरुले बिर्सिसकेका भएपनी जनताले बिर्सिएका छैनन् ।

जसो तसो जनताले आफ्नो प्रयासले जीवन बचाए तर यो बेला जनताले मृत्यु कुर्नु बाहेक जनताको सामु अरु कुनै विकल्प रहेका छैनन् । हाम्रा शासकहरुले जनतालाई यति धेरै निमुखा बनाउने काम गरेकी यो भन्दा निरिह्यता सायदै जनताले अब उपरान्त भोग्ने छैनन् । यो महामारी हो कुनै प्रयोग गर्ने समय होइन यहाँ कुनै भावनात्मक अभिव्यक्तिको कुनै अर्थ छैन । यसको नियन्त्रणका लागि सिर्फ सरकारले एकीकृत ढंगको नेतृत्व लिनै पर्छ किनभने उसको यो दायित्व हो । यो बेला कोहि मानिस आफ्नो सस्तो लोकप्रियताका लागि उछलकुद गरिरहेको छ भने त्यस्को कुनै अर्थ छैन किनभने यसका लागि आवश्यक बजेट,कार्यक्रम र स्पष्ट योजना सहित एकीकृत र केन्द्रकृत प्रयासले मात्रै रंग दिन सक्छ ।

यो बेला कोहि अभियन्ताको नाममा कोहि अनेक नाम र परिचयमा जनताको भावनाको व्यापार गर्न तल्लीन भएका पनि छन । यस्तो सायद सरकार विहिनताको अवस्थामा मात्रै हुन्छ । तसर्थ यस्तो बेलामा सरकारको सहयताको खाचो रहन्छ । देशमा सम्भव भए देशमा नभए संसारको कुनै पनि कुना बाट जनता बचाउन आवश्यक सामाग्रीको आयात गरेत भएपनी जनता बचाउनुको अरु विकल्प छैन ।

आज पनि शासनमा आसन जमाएर समाजवाद र बर्ग संघर्षका भाषन गर्ने जनताको कर बाट रासन खाइरहेको सरकार र उसका अनगिन्ती संरचनाहरु छन उनिहरु बिउझिन पर्यो जनता बचाइदिन पर्यो । जनताको जीवन भन्दा मुल्यवान अरु केही पनि हुन सक्तैन । जनता मृत्युको शैयामा छट्पटी रहेको बेलामा देशको जिम्मा लिन्छ भनेर स्थापित भएका राजनैतिक दलहरुको भुमिक अहम् हुन आवस्यक छ र यो संकट बेला बिस्थापित दलिय सांसद जनताले खोजिरहेका छन । सरकारले गरेन भने उस्लाइ जनताको जीवन बचाउन बाध्य पार्ने काम अन्य विपक्षि दलहरुको पनि हो । यो बेला सत्तारुढ मात्र होइन विपक्षिको पनि आफ्नो कर्तव्य छ ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved