Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दश्रिणी राेल्पाकाे जंगलमा ठुलाे परिणाममा हतियारकाे गाेलि र म्याग्जिन भेटियाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2021
270 shares

खेमबहादुर बुढा ,रोल्पा : रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ।दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो। जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो।

 

‘अत्याधुनिक मेसिन गनका गोली र म्याग्जिन बरामद गरेका छौँ’, प्रनाउ सुवेदीले भने, ‘दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो।’प्रहरीका अनुसार ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ। एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन–६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो।

 

त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन्।गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ। स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन्। त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए। गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन्।

दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीले गहिरो अनुसन्धानलाई अघि बढाएका छन्। शान्ति प्रक्रियायता बेलाबेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन्। विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरे पनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको सुरक्षा अधिकारीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved