खाेटाङ। खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ का लागि ताेकिएकाे दुईवटा मतलान केन्द्रमध्य पञ्चकन्या मा बिमा आज बिहान ७ बजेबाट मतदान सुरु भएकाे छ।
उक्त मतदान केन्द्रमा मत दान गर्ने मध्य बाट ८५ बर्षिय जेष्ठनागरिक भिम बहादुर श्रेष्ठले पहिलाे मतदान गर्दै साे मतदान केन्द्रमा मतदानकार्य सुरु भएकाे हाे।
७९८ कुल मत दाता रहेकाे उक्त मतदानकेन्द्रमा ५७५ देखि ६०० हाराहारीमा मत खस्न सक्ने १५ नम्मर वडामा नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार राम कट्वालले बताएका छन्।
पाँच बर्षकाे समयपश्चात आफ्नाे मनले चाहेकाे उमेदवारलाई मत दिनकाेलागि बिहान ६ बजेदेखिनै मतदाताहरु लाइनमा बसेर भाेट हाल्न उत्सुक छन्।
चाँच दलिय गठबन्धन बाट नगर उपप्रमुखमा बिसन राई र नगर प्रमुखका लागि नेपाली काँग्रेसबाट तिर्थराज भट्टराई रहेका छन् भने नेकपा एमाले एकलै चुनावि मैदानमा छ। नगर प्रमुखकाे उमेदवार कुमार आचार्य छन् भने उपप्रमुखमा पुन: बिणादेवि राई रहेकि छन्।
