Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा समर्थक एमाले नेताहरुलाई कारबाहीगर्न एमाले बैठक बस्ने,को को पर्नेछन त कारबाहीमा? सुचिसहित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 22, 2021
2.7K

काठमाडौं। नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ। प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता गराएका हुन्।

देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा पार्टीको तर्फबाट पत्र बुझाएका हुन। हाम्रो पत्रमा एमाले दलको सांसदको हस्ताक्षर अन्यत्र कतै परेको भए त्यसलाई बैधता नदिन र त्यसअधारमा कुनै निर्णय नगर्न माग गरेका छौं,’दाहालले भने, ‘एमाले सांसदको हस्ताक्षर किर्ते गरी प्रधानमन्त्रीको दावी पर्न आएको भन्ने सूचना पाएपछि हामीले पार्टीको बिधान, राजनीतिक दल सम्बन्धी ऐन र संबिधान बिपरितको काम नहोस भनेर राष्ट्रपतिको ध्यानाकर्षण गराएको छौं।’

एमालेले पत्रमा अन्यत्र हस्ताक्षर गरेको प्रमाणित भएमा पार्टीले कार्वाही गरी सांसद पदबाटै मुक्त हुने भन्दै एमाले सांसदले अन्यत्र हस्ताक्षर गर्न नमिल्ने संबैधानिक आधारसमेत राखेको छ। दाहालले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको जानकारी दिए। राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको हो।

एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ। हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ।

यी हुन् कारवाहीमा पर्न सक्ने नेताहरु :

माधवकुमार नेपाल

झलनाथ खनाल

भीम रावल

सुरेन्द्र पाण्डे

घनश्याम भुसाल

मुकुन्द न्यौपाने

यज्ञराज सुनुवार,

रामकुमारी झाँक्री

मेटमणि चौधरी

पवित्रा निरौला,

झपट रावल,

जीवनराम श्रेष्ठ

भवानी खापुङ

विरोध खतिवड

सोमप्रसाद पाण्डे

नारायण खतिवडा

गणेश पहाडी

जयकुमार राई

दीपकप्रकाश भट्ट

हीराचन्द्र केसी

पुष्पाकुमारी कर्ण कायस्थ

कल्याणी खड्का

लक्ष्मीकुमारी चौधरी

कृष्णलाल महर्जन

सरलाकुमारी यादव

नीरादेवी जैरू

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved