Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेले चुनाव जिते प्रदेश र स्थानीय तह भङ्ग हुनसक्छ : प्रधानमन्त्री देउवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2022
18 shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते प्रदेश र स्थानीय तह भङ्ग हुन सक्ने बताएका छन् ।

धनगढीमा पाँच दलीय गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका हुन् ।

उनले भने, ‘‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भङ्ग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुनःस्थापना गरेको बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं । तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भङ्ग गर्न दिने ?’, उनले प्रश्न गरे ।

उनले एमालेमा ओलीभन्दा अर्को नेता नभएकोसमेत बताए । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाको थियो । उनले भने, ‘सबै ठाउँबाट ल्याएर हामीले गठबन्धनको सरकार बनाएका छौं । यो सरकार बलियो बनाउन पनि गठबन्धन बलियो बनाउनु पर्छ ।’

देउवाले बागी उम्मेदवारहरूलाई फिर्ता लिनसमेत निर्देशन दिए । माथिबाट आदेश ढिलो आएको होला । ‘आधिकारिक उम्मेदवारबाहेकका उम्मेदवारहरूले फिर्ता लिइयोस्’, उनले भने, ‘मैले अहिल्यै भन्छु, बागी उम्मेदवारलाई मान्य दिने छैन । पहिले पनि बागी उम्मेदवारका कारण कांग्रस हारेको हो । अहिले पनि हारेपछि कुनै पनि हालतमा माफी दिनेवाला छैनौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved