Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइयो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2022
3 shares

गलकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । यही ३० गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ ।

जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए ।

“जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्”, उनले भने, “मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिवार नमूना मतदान गरेर पठाएका छौँ, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ।”

मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता संख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ ।

मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ । यस्तै २३० मतदान केन्द्रमा तीन जनाका दरले ६९० स्वयंसेवक स्थानीय खटाइनेछन् ।

यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए । उनका अनुसार मतदान केन्द्रमा शनिवारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिवार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ ।

“हामीले जिल्लाका १०३ मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिबाट स्थलगत अनुगमन गरिरहेका छौँ, हामीले मतदानस्थललाई अतिसंवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौँ”, उनले भने, “यही अनुसार फरक–फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ, आइतवारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकिएको छ, विस्तारै २७ गतेसम्म पूर्ण सुरक्षा दिन्छौँ ।”

उनका अनुसार जनताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरिएको छ । जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, सशस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको पूरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई छ । म्यादी प्रहरीको सहयोगमा प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ । मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता संख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved