Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के हो पायल्स ? यसबाट कसरी बच्ने ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2022
174

जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । कतिपय लाजको कारण मानिसले यो रोग लुकाउँछन् ।मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

पायल्स भएको कसरी थाहा पाउने ?

दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

किन हुन्छ पायल्स ?

कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ । यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने बानीले कब्जियत निम्त्याउँछ । कब्जियतले पायल्स ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

त्यस्तै, दिसा रोक्ने बानी अर्को कारण हो । दिसाको वेगलाई रोक्ने बानीले कब्जियतको समस्या ल्याउँछ । गहु्रंगो भारी उचाल्ने, पेटको समस्या भएका, गर्भवती र गर्भपात गर्नेहरु, मोटोपन भएका, गुदा मैथुन गर्नेहरुमा यो समस्या देखापर्न सक्छ ।

कसरी बच्ने ?

सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।

पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।

के नखाने ?

यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भद्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रिंक आदिको सेवन नगर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ । सकेसम्म अन्न नखाएकै राम्रो हुन्छ ।

सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

प्राकृतिक विधी

– नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।

– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ ।

– रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ ।

– रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।

– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ  ।

– मिठो मसिनो भन्दा खस्रो९मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

घरेलु विधी 

पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ ।

गलत खानपान, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको संभावना बढाउँछ ।

– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।

– तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।

– पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ ।

– कागती पानीको सेवनले पायल्समा राहात दिन्छ ।

– पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।

– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved