चौतारा । आउदो ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेस बाट वडा सदस्यको उम्मेदवार विरुद्ध यौन दुर्व्यवहार को मुद्दा दर्ता भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसबाट वडा सदस्य उम्मेदवार भएका रामकृष्ण खड्काले
गएको १८ गते रातको ११.४५ बजे स्थानीय एक महिलाको घरमा पसेर यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको हो ।
प्र
हरीले मुद्दा दर्ता गर्न नमानेपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको तृपुरा सुन्दरी गाउँपालिका ३ का वडा अध्यक्ष सुकदेव रिसालले जानकारी दिए । यस्ता मुद्दा गाउँमै मिलाउन प्रहरी दवाव दिएपनि सरकारी वकिलको कार्यालयको परामर्श तथा रायमा अदालतमा मुद्दा दर्ता गरिएको रिसालले जानकारी गराए ।
- September 29, 2026
