खोटाङ। खोटाङमा प्रसुति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरि अस्पताल लगिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ की ३० वर्षीया सकुन्तला राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।
अप्रेशन पश्चात रक्तचाप बढी भई काम्ने व्यथा लागेकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले तत्काल उद्धार गरेर आज काठमाण्डौंको सुविधा सम्पन्न अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
