आकाश मगर, उदयपुर।
खाेटाङकाे बिजयखर्क १ मालामा जन्मियका २९ बर्षिय ठिटाे चित्र बहादुर कार्कि जाे अहिले त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र उमेदवार हुन्।
” जनताकाे कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर” भन्ने नारासहित मनाेनयन दर्ता गरिसकेका कार्किलाई विश्वले चिन्छ किन भने, उनी उल्टाे माेटरसाईकल चलाएर Guinness World Records मा नाम लेखाउन सफल युवक हुन्। उसाे त कार्किका परिवार खाेटाङ छाेडि उदयपुर झरेकाे पनि दुई दर्जन बर्ष भयाे र उनकाे पढाइ भने पत्रकारिता बिषयमा ब्याचलर्स दाेस्राेमा छन्। तर पनि उनी किन राजनितिबाटै नगरमा सेवा गर्ने रहर बनाए त?
देसमा युवाहरुमा बेरोजगारी समसया, भ्रष्टाचार ,दुराचार ,बलात्कार ,वैदेशिक राेजगारिमा निहित युवाहरुकाे दुखद परिस्थिति अनि राजनितिमा पुराना पुस्ताकाे हालिमुहालि जस्ता कारण देसमा रहेका युवाहरुलाई तिनै राजनितिक दलका नेताहरुले गलत प्रयाेग गरिरहेकाे र साच्चिनै नागरिककाे दैनिकि परिवर्तन हुनकाे लागि हरेक ठाउँमा युवाहरुकाे प्रतिनिधित्व अपरिहार्य देखिएकाे कारण म त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र उमेदवारी दिएकाे हुँ , कार्कि भन्छन्।
कार्किले गत आइतबार १ नम्मरमै जिल्ला निर्वाचन कार्यालय उदयपुरमा आफनाे उमेदवारी दर्ता गराए पश्चात् उनी अहिले नगरकाे १६ वटै वडाहरुमा जनताकाे घरघर पुगेर ” जनताकाे कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर” भन्ने नारा सहित जनता जागरुक अभियानमा छन्।
उनले आफ्नो उम्मेदवारीका कारण युवा पुस्ता र आम जनताको हकहित साथै समाज रुपान्तरण र समृद्ध नगरका लागि रहेको जनाएको छ । उनले मेयरमा उठ्दै गर्दा “जनताको कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर” भन्ने मुल नारालाई समातेर मेयरका लागि
उम्मेदवारी दिएको जनाए । कार्कीले आफु मयेर भएमा ठेकदारी प्रथाको अन्त्य, पार्टी गुट उपगुटको झन्जटको अन्त्य, युवाहरुलाई प्रोत्साहन, समाज रुपान्तरण तथा परिवर्त जस्ता चुनावी एजेन्डालाई प्राथामिकता दिएको बनाए।
