खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवगढी नगरपालीका अन्तर्गत वडा नम्बर ८ मा बा १ झ ६७१६ नम्बरप्लेट रहेको जिल्ला समन्वयको गाडी युवा संघले नियन्त्रणमा लिई प्रहरिलाई बुझाएको छ ।
बैशाख ३० गत्ते सम्पन्न हुन लागिरहेको स्थानीय तहको निर्वाचनको लागि गत चैत्र २५ गत्ते बाट आचारसंहिता लागू भएसङै सरकारी सवारीसाधन जनप्रतिनिधी तथा कर्मचारीले सरकारी नम्बर प्लेटका सवारीसाधन अफिसको टाईम बाहेक राजनैतिक कार्यक्रम तथा अन्य प्रयोजनकालागी जिल्ला प्रशासन कार्यालय बाट पास लिएर मात्रै प्रयोग गर्न नपाउने जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए । तर आचारसंहिता उल्लंघन तथा बिदाको दिन बिना पास सरकारी सवारीसाधनको दुरुपयोग गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र नेकपा एसका जिल्ला नेता कुलप्रसाद फुयाल सवार जिल्ला समन्वय खोटाङको गाडि शनिबार साझ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका ८ बानाचुङ पुगेको अवस्थामा नेकपा एमालेका सचिवालय सदस्य तथा युवा संघ सगरमाथाका ईन्चार्ज दिल चक्र राई तथा जिल्ला खेलकुद संघका अध्यक्ष तथा युवा संघ खोटाङका महेश राईको नेतृत्वमा रहेको युवा संघको टोलिले गाडिको साचो नियन्त्रणमा लिई प्रहरिलाई बुझाएको राईले मदानी खबर संग बताए ।
- September 29, 2026
