खोटाङ ।
नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर प्रमुखको उम्मेद्वारको लागि कांग्रेस जिल्ला कार्य समितिका उपसभापति तीर्थराज भट्टराईको नाम एकल ढंगबाट सिफारिस गरेको भन्दै पुःन ८ जनाको नाम सिफारिस गरि पठाएको छ । मंगलवार नगर उपसभापती अनिता राईको हस्ताक्षरीत भएको पत्रमा पुःन ८ जनाको नाम सिफारिस गरि पठाइएको हो । एकल ढंगबाट कांग्रेस पार्टीको विधानलाई लत्याएर भट्टराईको नाम सिफारिस गरिएको विषयमा अन्य आंकक्षी उम्मेद्वारहरुले आपत्ति जनाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको लागि भट्टराईको नाम सर्वसहमतले सिफारिस गरेको जानकारी दिएको थियो । १५ वटै वडाका वडा कार्य समितिको बैठकले भट्टराईको पक्षमा सर्वसहमतले निर्णय गरेर नगर कार्य समितिलाई बुझाएको बताइएको थियो ।
नगर समितिको बैठकमा पनि भट्टराईलाई उम्मेद्वार बनाउने विषयमा सबैको मत देखिएपछि सर्वसहमतले नगर प्रमुखको उम्मेद्वारको लागि नाम सिफारिस गरिएको जनाइएको थियो । नगर प्रमुखको लागि कांग्रेसबाट १६ जनाले उम्मेद्वार बन्ने आंकक्षा देखाएको कांग्रेस श्रोतले बताएको थियो । १६ जना आकंक्षी भएपनि मंगलबार ८ जनाको मात्रै नाम सिफारिस गरेर पठाइएको छ ।
यी हुन् वर्णानुक्रमअनुसार मंगलवार नगरप्रमुखको नाम सिफारिस गरिपठाएका पदाधिकारीहरु ।
१, कुमार पुरी
२, नारायण राई निसान
३,राजनसेर राई
४,रोजन राई
५,श्यामकुमार राई
६,भिषण राई
७,रामकुमारी राई
यता, मेयर पदका आकांक्षी धर्मराज पोखरेलले यो पत्रको खासै अर्थ नभएको जिकीर गरेका छन् ।
- September 29, 2026
