काठमाडौं । कर्णालीकाे हुम्लामा जन्मिएर आफ्नाे जीवन सुरुगरेर राजधानी काठमाडौंलाई कर्म थलाे बनाएकि नेपाली काँग्रेसकि सांसद रंगमति शाही काे ” छाउगाेठदेखि संसद् सम्म ” नामक पुस्तककाे सुर्खेतमा आज एक कार्यक्रमगरी लाेकार्पण गरिएकाे छ।
कर्णाली प्रदेशका मुख्यमन्त्रि जीवन बहादुर शाहीकाे हातबाट लाेकार्पण गरिएकाे उक्त पुस्तक लाेकार्पण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु,जिल्ला सभापति, विभिन्न नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति थियाे।
हुम्ला जिल्लाकै सर्केगाडको एउटा छाउगोठबाट उठेर संघीय संसदका रूपमा पुर्याएकाेमा स्थानिय नागरिकहरुलाई सांसद शाहीले विशेष धन्यवाद पनि दिएकि थिइन्।
साे पुस्तक लाेकार्पण कार्यक्रममा सांसद शाहीले बिगदमा आफू छाउगाेठमा रहँदै गर्दाकाे समय र त्यहि ठाउँकाे नागरिकहरुकाे साथ र सहयाेगका कारण आफू संसदमा पुगेकाे र त्याे अमानविय छाउगाेठ बस्ने परम्परा हटाउन आफू हर प्रयासरत रहेपनि समाजबाट अझै हटिनसकेकाे समेत गुनासाे गरेकि थिइन् ।
सांसद शाही नेपाली काँग्रेसमा छुट्टै छवि बनाएकी एक महिला पनि हुन् जसले चाईना सँग जाेडिएकाे विभिन्न ठाउँमा सिमा स्तम्भ र तिनकाे सम्हार साथै सिमा बिबादकाे आवाजहरु उठान गर्दै आएकि छिन्। भने कर्णालीकाे बिकट ठाउँहरुमा यातायातकाे सुविधा पुर्याउन सडक सञ्जा तयार गराउन प्रधान मन्त्रि शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराएर नेपाली सेनाद्वारा साे सडक बनाउने निर्णय गराएकि हुन्।
केही दिन अघि शाहीले चाइना सँग जाेडिएकाे सिमानाहरुमा पिल्लरहरु ढालिएकाे र चाइनाले नेपाली भुमि मिचिएकाे बारे पनि स्थलगतरुपै उपस्थित रहेर साे काे जानकारि गराएका थिए ।
