काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चद्धारा नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदान प्रदान तथा मञ्चद्धारा प्रकाशित भित्तेपात्रो लोकार्पण गरेको छ ।
शनिबार काठमाण्डौंको नयाँ वानेश्वर स्थीत वानेश्वर पार्टी प्यालेसमा आयोजित बृहत जनसहभागितामा कार्यक्रम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष नबराज रोकाको अध्यक्षतामा,नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सर्मिला कार्कीको प्रमुख आतिथ्यता र नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्पर्क मञ्चले सल्लाहकार परिषद मनोनित गरेको जनाएको छ । त्यसैगरी मञ्चलाई बिभिन्न समयमा भौतिक सामग्री सहयोग पुर्याउने दुर्गा प्रसाद ढकाल ,रामजी कटुवाल,दिपक दाहाल, जिल्ला सचिवालय सदस्य तथा मञ्च इन्चार्ज के.बि. आले लाई सम्मान पत्र सहित सम्मान गरेको छ ,मञ्चको सल्लाहकार देबिका राई ललितपुर जिल्ला कमिटी सदस्य बन्नु भएकामा सम्मान गरिएको हो ।
स्थानिय चुनाब नजिकिदै गर्दा कार्यक्रमकै अबसरमा क्षेत्रिय,नगर र पालिका सम्पर्क कमिटीको गठन गरिएको छ । १० हजार भित्ते पात्रो छापिसकिएकाले जिल्लाका गाँउ गाँउमा नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क पञ्चको भित्ते पात्रो पुर्याइने मञ्चका अध्यक्ष नबराज रोकाको भनाई रहेको छ ।
जिल्लाका सम्पूर्ण स्थानिय तहमा नेकपा एमालेलाई शानदार रुपमा बिजय गराउन मञ्चका अध्यक्ष नबराज रोकाको संयोजकत्वमा २५१ जना चुनाव परिचालन कमिटी गठन गरिएको छ ।
