Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिट बाँडफाँटका लागि गठबन्धनले तय गर्‍यो ७ आधार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 16, 2022
0

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि तालमेलका ७ आधार तय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तालमेको आधार तय गरेको हो ।

गठबन्धनले सिट बाँडफाँटका लागि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारले प्राप्त गरेको मतलाई प्रमुख आधार बनाएको छ । गठबन्धनले तय गरेको मोडालिटीअनुसार अघिल्लो निर्वाचनमा धेरै मत पाएका पार्टीले नै अबको निर्वाचनमा समेत प्रमुख पाउने भएका छन् ।

गठबन्धनले अघिल्लो निर्वाचनको मतभारलाई आधार मान्ने निर्णय गरेतापनि वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने निर्णय गरेको छ । जसअनुसार अघिल्लो निर्वाचनमा कम मत पाएपनि यस अवधिमा संगठन राम्रो बनाएका पार्टीले पनि सिटका लागि दावी गर्न पाउने भएका छन् ।

गठबन्धनले तय गरेको आधारअनुसार अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेका स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले प्रमुख पाउने भएको छन् ।

गठबन्धन बैठकले गठबन्धनमा आवद्ध हुन चाहने अन्य दलहरुका लागि समेत लातमेलको बाटो खोलेको छ । मोडालिटीको ४ नम्बरमा ‘२०७४ को स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने’ उल्लेख छ ।

तालमेलको मोडालिटी तय गरेको गठबन्धनले गठबन्धनभित्रबाट हुनसक्ने अन्तरघातलाई ध्यानमा राखेर अन्य दलसँग तालमेल गर्न नपाउने समेत निर्णय गरेको छ ।

गठबन्धनले तय गरेको सिट बाँडफाँटको ७ आधार-

१) २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेको जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।

२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभार ।
३) २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

४) २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धन भित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई आधार बनाउने ।

५) नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदानम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भए बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन् गर्ने ।

६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरित्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने । Dristinews.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved