एलन अधिकारी | काठमाडौँको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहाललाई प्रधानाध्यापकमा पदोन्नति गरिएको छ। उहाँ विगत लामाे समयदेखि जेभियर इन्टरनेशनल कलेज, कालोपुलमा एउटा असल, भरपर्दो र गतिशील व्यक्तिको रूपमा प्रस्तुत गर्दै अघि बढिरहनु भएको छ।
प्राचार्य दाहालको अनुसार एउटा संस्थाले विश्वास गरी हस्तान्तरण गरिएको जिम्मेवारी सधैं निष्पक्ष र पारदर्शितामा रहेर सधैं अघि बढ्ने र संस्थाको लक्ष्य हासिल गर्न निरन्तर यात्रा जारी राख्ने कुरा बताउनु भएको छ। साथसाथै उहाँले सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने निर्णय गर्नु भएको छ।
