काठमाडौं। माओवादीको चुनाव प्रचारमा सरकारी तलब खाइरहेका विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो प्रयोग भएको छ ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा अध्यक्ष प्रचण्डले नै फेसबुकमा पोस्टर सेयर गरेका छन्। प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो पोस्टरमा स्पष्ट देखन सकिन्छ ।

जुन कार्य निर्वाचन आयाेगकाे अनुसार साे पोस्टर आचारसंहिता विपरीत हो ।
जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ । पत्रकार अशोक पौडेलले प्रश्न गरेका छन् ” एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको होरु ”
यस्तै अर्का ” कृष एडीले पनि कुलमानको फोटो बेचेर भोट माग्ने दिन आयो भनी प्रश्न गरेका छन् । “
