आकाश मगर, उदयपुर। उदयपुरको त्रीयुगा नगरपालिका ९ गैरुनमा आज साझ ६:४५ तिर मोटर साईकल दुर्घटना भएको हो ।
मदन भण्डारि लोकमार्ग अन्तर्गत गाईघाटबाट राजाबास तर्फ जाँदै गरेको कालो रंगको १५० सिसिको स १ प ९०३७ नम्बरको मोटरसाईकल अनियन्त्रित हुदा सडक देखि करिब ५ मिटर तल बारिमा झरेर अचानक आगो लागेको थियो। सवारी चालक त्री.न. पा ८ राजाबासको अन्दाजी ४० बर्षिय सरोज राई रहेको छ।मोटरसाईकल भने इभाङ्ग ५ ईलामका जित बहादुर लिम्बू रहेकोछ। सवारी चालकको दाहिने खुट्टामा भाचिएको छ । मोटरसाईकमा आगो लागेको देखे पछि स्थानियले घाईते राईलाई उद्वार गरेका थिए। जिल्ला प्रहरी कार्यलय उदयपुरको प्रहरिहरुले राईलाई नियन्त्रणमा लिई उपचारको लागि जिल्ला अस्पताल गाईघाटमा लगेकाछन। चालक राईले अत्याधिक मदिरा सेवन गरि सवारी चलाएकोले दुर्घटना भएको थियो।
- September 29, 2026
