खोटाङ ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेल स्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नतृत्वमा हेल्भेटास नेपालको सहयोग र वालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले दिक्तेलबारी नोभे टोललाई शुरक्षित बैदेशिक रोजगार टोल घोषणा गरेको हो । बिहीबार युवावर्ष प्रावीमा दिक्तेल–१ का वडाध्यक्ष टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त टोललाई सुरक्षित टोल घोषणा गरिएको हो ।
रोजगारीको शिलशिलामा विदेश गएकाले आफ्ना सम्पुर्ण कागजात तथा प्रमाणहरु एक प्रती घरमै छोडेको तथा विदेश जाँदा सिप सिकी विदेश गएको आधारलाई टेकेर यस टोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोस राईले जानकारी दिए । यो टोललाई यस परियोजनाले मनोसामाजिक परामर्श देखी लिएर विदेशी रकमलाई कसरी सदुपयोग गर्ने, जिबन जिउने आधार, विदेश गएकाहरुले आवश्यक प्रमाण सरक्षित राख्ने र आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम सञ्चालन गद्रै आएको थियो ।
यसअघि परियोजनाले केपीलासगढी गाउँपालिकाको बाक्सिला,दिक्तेलको खाल्ले र आज बिहीबार दिक्तेलको दिक्तेलबारी नोभे गरी तीनवटा गाउँलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिसकेको छ । कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधी,सरोकारवाला,वुद्धिजिवी,भलाद्मी,पत्रकार लगायतका स्थानीयको वाक्लो उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
- September 29, 2026
