Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाललाई समृद्ध राष्ट्र बनाउन सबै एकताबद्ध हुन नेपालको सुझाब

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 7, 2022
file photo
29

धनुषा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले मैथिली विकास कोषको आयोजनामा बधुबारदेखि जनकपुरधाममा सुरु भएको ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’को उद्घाटन गर्दै मैथिली भाषा तथा संस्कृतिको इतिहास पाँच हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्वपूर्ण रहेको बताए ।

अधिकारप्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको चर्चा गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताए । अध्यक्ष नेपालले मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकामा जोड दिए । उनले मैथिली भाषा तथा साहित्यको समृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार रहेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकास एवं संरक्षणका लागि मधेस प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने जानकारी दिए । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मैथली भाषा आफैँमा समृद्ध भाषा रहेको र यसको संरक्षणका लागि आफ्नो मन्त्रालय विभिन्न चरणमा सहयोग गर्न तयार रहेको बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको ‘डा धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७’ भाषा वैज्ञानिक ‘डा रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७’ डा आभास लाभलाई प्रदान गरे ।

यसैगरी ‘डा धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८’ साहित्यकार ‘महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८’ गायक रामा मण्डललाई प्रदान गरे । दुवै पुरस्कार रु ५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ । यही चैत २५ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न प्रकारका गीत, सङ्गीत, नृत्य र झाँकी प्रदर्शन गरिएको थियो । महोत्सवमा मैथिली भाषा साहित्यको विभिन्न विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved