Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा आगामी २९ चेेैतदेखि ४ बैसाखसम्म टाइफाइड खाेप सञ्चालन गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2022
21 shares

खोटाङ । खाेटाङमा टाइफाइड रोग विरुद्धको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

आगामी २९ चेैतदेखि ४ बैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोग विरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।

 

टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्वन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका २ हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तरगत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । खोप अभियानका क्रममा १ हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालित हुने छन् ।

खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ । खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए ।                                                                                            १९ चैतदेखि ४ बैसाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि राजनैतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमीका हुने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ ।

साे खोप लगाएपछि सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने अशर देखा पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । कार्यक्रममा राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved