Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निकुञ्जले चेपाङ बस्तिमा आगाे सल्काए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2022
[webverse_shares]

माडी (चितवन) । अति सीमान्तकृत समुदायको बसोबास रहेको माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्तीमा आगो लगाएपछि चौतर्फि विरोध भइरहेको छ । आम सर्वसाधारणदेखि मानवअधिकारकर्मीका साथै राजनैतिक दलहरुले समेत उक्त घटनाको चर्को विरोध गरेका छन् ।

बसिरहेकै घरमा जानाजान निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै अन्यायमा परेका चेपाङ समुदायलाई तत्काल व्यवस्थापन गराइदिन पनि माग गरिएको छ ।

नेपाल चेपाङ संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतका साझा संस्थाहरुले यस घटनाको तत्काल छानविन गरी दोषीमाथि कडा कारवाही गर्न मागसमेत गरिसकिएको छ । माडी नगरपालिकाले समेत आफ्ना जनताको बसोबास निकुञ्ज प्रशासनको उक्त कार्य अत्यन्तै दुःखद भएको बताउँदै आएको छ ।

कुसुमखोलाका स्थानीयलाई अन्त कतै व्यवस्थापन गराउने प्रयास जारी रहँदै गर्दा निकुञ्ज प्रशासनबाट उनीहरुको उठिबास नै हुने गरी गाउँभरीको घर टहरोमा आगो लगाएर अमानवीय काम गरेको नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बताए ।

सर्वोच्च अदालतले समेत ‘जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा छाडिदिनू’ भनेर आदेश दिइसकेको अवस्थामा पनि निकुञ्जले मानवअधिकारको हनन हुने गरी बसिरहेकै घरमा आगो लगाउँदै हिँडेको उनले बताए ।

नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य गोविन्दराम चेपाङले पनि निकुञ्जबाट जहिले पनि आदिवासी जनजाति समुदाय पीडामा परिरहेको बताए । घाँस दाउरा गर्न जाँदा होस् या माछा मार्न जाँदा होस् निकुञ्जले विभिन्न बहाना बनाएर हत्यासम्म गर्दै आएको घटनाको स्मरण गराउँदै कुसुमखोलाको घटनाले निकुञ्जसँग आदिवासी जनजाति समुदायबीच द्वन्द्व निम्त्याउने प्रयास गरिएको बताए ।

यस्तै अवस्था भइरहे जल, जङ्गल र जमिनको रक्षार्थ खटिएका कुनै पनि आदिवासी जनजाति समुदाय निकुञ्ज प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । तत्कालीन राजा महेन्द्रले मकवानपुरको साविक काँकडा गाविसका बाढी, पहिरो प्रभावित चेपाङ समुदायलाई कुसुमखोला ल्याएर व्यवस्थापन गरेको उनको भनाइ छ । तर, अहिलेको सरकारले त्यतिबेला राजाले ल्याएर राखेकै ठाउँबाट लखेट्ने प्रयास गरिरहेको आरोप लगाए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनका सचिव महेन्द्र दुराले आदिवासी जनजाति समुदायलाई निकुञ्जले हेपाह प्रवृत्ति देखाएको आरोप लगाए । पुस्तौँपुस्ता वन जङ्गल तथा नदीनाला आसपासका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायमाथि राज्यकै कुनै न कुनै निकायले विभिन्न बहानामा कुदृष्टि लगाउने काम भइरहेकोले यसको विरोधमा समग्र नेपालका सबै आदिवासी जनजाति एकीकृत भएर आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ ।

नेफिन चितवनकै समन्वयमा केही दिनअघि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको टोली पनि कुसुमखोला पुगेको थियो ।

घटनाबारे समाचार संकलन तथा प्रकाशन प्रसारणको लागि फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, उपाध्यक्ष तुलमान गुरूङ, बागमती प्रदेश प्रतिनिधिहरु आशिका थापामगर, आशिक रानामगर र ममता गुरूङसहितको टोली कुसुमखोला पुगेर फर्किएको थियो ।

आदिवासी जनजाति समुदायमाथि परेको समस्या र पीडाबारे सञ्चारमाध्यममार्फत बाहिर ल्याउन फोनिजको टोली घटनास्थल पुगेको फोनिज चितवनका अध्यक्ष मगरले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही चैत ६ गते दिउँसो करिब साढे ३ बजेको समयमा कुसुमखोलाका करिब दर्जन घर तथा छाप्राहरुमा आगो लगाइदिएको थियो ।

यसअघि पनि २०७७ सालको साउन ३ गते घरमा आगलागी गराइदिएको थियो । अन्य समयमा पनि खेतीबालीमा हात्ती चराइदिने, थन्क्याउने बेला भएको अन्नबाली फाँडेर नष्ट गरिदिने, घरमा आएर धम्क्याउनेजस्ता काम हुँदै आएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved