Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परमादेशि सरकार एमाले सँग डराएर चुनावि गठबन्धन गरेपनि एमालेले नै बिजय हासिल गर्ने छ : अध्यक्ष ओलि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 2, 2022
48 shares

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै कारण बिरोधीहरुले एमालेलाई सरकारबाट हटाएको आरोप लगाएको छ । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको बृहत चुनावी जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गरेको कारण एमालेलाई सरकारबाट हटाएको दाबी गरे ।

 

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका बिरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षमा पुर्‍याएको अध्यक्ष ओलीको आरोप छ । “हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ”, ओलिले भने, “एमालेले गरेको विकासको लहर देखेर बिरोधीहरु आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरु आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।”

 

हेलिकोप्टरमार्फत बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दावी गरे । “केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको छ”, ओलिले भने, “२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै भयो । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताको तस्तै रह्यो । अहिले एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होइन अझ सुढृड भएर अगाडि बढेको छ । बढ्ने छ । देशभरी अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन् ।”

करीब १५ मिनेट सम्बोधन गरेका अध्यक्ष ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन आगामी वैशाख-३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाई बढी स्थानमा जिताउन आग्रह गरे । दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गरेका थिए । दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिसुल हुन्छ’ भन्दै मजाक उडाउने नेताको परिणाम राम्रो नआउने बताएको थियो ।

 

अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत आगामी निर्वाचनमा पल्टिने दाबी गरेकाे थियो । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतासहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र धाम हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताएको थियो । अध्यक्ष ओलीले पत्नी शाक्यसँगै हलेसीमा पूजा आरधना गरेर रु दुई लाख भेटी चढाएको घोषणा पनि गरे । हलेसीको दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेकाे थियो ।

 

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved