आकाश मगर, उदयपुर। उदयपुरको गाईघाटमा आज स्वतन्त्र नागरिकले पेट्रोल पम्प घेराउ गरेकाछन।पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कमिसन र ढुवानी भाडा बढाउन माग गर्दै आजैदेखि (शुक्रबार) पेट्रोलियम पदार्थको लोड/अनलोड नगर्ने घोषणा गर्दा उदयपुरको गाईघाटमा पेट्रोलको चरम अभाब भएकोछ । ट्याङ्क बाट पेट्रोल अनलोड गरेपनी केही लिटर पेट्रोल उपभोक्तालाई बितरण गरेर पेट्रोलको कृतिम अभाब सृजना गरेर पेट्रोल लुकाईएकोछ । बाईकवाला र अटोवालाहरु पेट्रोल लिन पम्प गए पनि पेट्रोल छैन भनेपछी भिड अक्रोसित भएका थिए, उनिहरुले पेट्रोलको ट्याङ्की हेर्न देउ भन्दा प्रहरिले रोकेका थिए । सहभागिहरु मध्ये एक जनाले पेट्रोलको मौजदा धेरै रहेको र कृतिम अभाब देखाएर कालोबजारी गर्नको लागि जनतालाई पेट्रोल बितरण नगरेको बताए। पेट्रोलको अभाबले भोलि हुने लोक सेवाको परीक्षा दिन जान समेत अबरोध भएको र औषधि लिएर बिरामी काहा जान समेत गार्हो भएको सहभागिले बताए।
दिनप्रतिदिन महङ्गी र कालो बजारी हुदा र बजारमा ब्यापारिहरुले कृतिम अभाब सिर्जना गर्दा प्रसासनले ,अनुगमन नगरेको र कानुनी कार्बाही गर्नुको सट्टा उनिहरुको संरक्षण गरेको सहभागी सञ्जिब कटुवालले बताए उनले भने बिधार्थी संगठनहरु समेत यस्तो कालाबजारी र महङ्गिको बिरुद्वमा मौन बसेको आरोप लगाए। सहभागिहरुले गाईघाटको त्रीयुगा पुल छेउमा भएको उर्जा फ्युल सेन्टरमा हुलदंङ्गा गरेका थिए, पेट्रोल पम्प सञ्चाललाई बोलाउदा समेत सन्चालक गाईघाट बजारमै लुकेर बसेका थिए । सहभागिले नेपाल आयल निगमको र सरकारको चर्को आलोचना र बिरोध गरेकाछन। कालोबजारी महङ्गी बढ्दा जिल्ला प्रसासन मौन रहेकोमा उनिहरुले असन्तुष्टि ब्यक्त गरेकाछन।
