Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधवलाई केपीको प्रस्ताब : ‘मिलेर जाऔं, एक कदम पछि हट्न तयार छु’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2022
58

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भाषण गर्छन् । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली अतालिन थालेका छन् ।

सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओली अतालिएका हुन् । गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा सर्वनाक हार हुने बुझेर अतालिएका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।

ओलीले प्रचण्डलाई ‘मिलौन’ भनेर म्यासेज गर्नु खासै ठूलो कुरा भएन । तर, भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा माग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।

ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved