Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोली एमाले अध्यक्षस ओलि खोटाङ आउँदै, जनसभालाई सम्बोधन गर्दै दुई हजारबढी एमाले प्रवेश गराउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2022
3 shares

सन्तोश पौडेल
खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको वृहत जनसभाको तयारी ९० प्रतिशत सम्पन्न भएको एमालेले जनाएको छ । शुक्रबार दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै एमालेले भोली हुने वृहत जनसभाको तयारी ९० प्रतिशत सम्पन्न भएको जनाएको हो।

निर्वाचनको सम्मुखमा हुन गइरहेको जनसभामा नेकपा (एमाले) का अध्यक्ष् एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिले त्रिधार्मिकस्थल हलेसीमा आएर हलेसी महादेवको अवलोकन गर्नुहुने बताइएको छ । खोटाङ जिल्लालाई समृद्ध बनाउन अध्यक्ष ओलिले महत्वपूणर् खेल्नुहुने नेकपा एमाले खोटाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । हलेसीमा गुरु योजना लागु गराउनका लागि साथै त्रिधार्मिकस्थल हलेसी महादेवको प्रचार-प्रसार तथा प्रर्वद्धनमा अध्यक्ष ओलीको महत्वपूणर् भुमिका रहने नेकपा (एमाले) का केन्द्रिय सदस्य रमेशकुमार पौडेलले बताउनुभयो । ‘हामी जिल्लावासी हलेसीमा अन्तराष्ट्रियकरन गर्न चाहान्छौँ, ब्रान्डिङ गर्न चाहान्छौँ ।’

“हलेसीको प्रचार नहुको कारण भौतिक पूवार्धार विकास, विकटता का कारण र अन्य विविध कारण हलेसीको प्रचार गर्न सकिरहेका छैनौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली त्यस्तो पात्र हो । जस्ले राष्ट्रियताको हाम्रो सस्कार, सँस्कृति र सभ्यताको प्रमोट गर्ने रक्षा गर्ने नेपालको राजनीतिक नेत्तृवमा केपि ओली जस्तो अरु नभएको उहाँले दावी गर्नुभयो ।

शनिबार हुने वृहत जनसभामा दशौ हजार जनतालाई सदरमुकाममा उतार्ने तयारी रहेको छ भने, हजारौँ जनतालाई पार्टी प्रवेश गराइने भएको जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । अध्यक्ष दंगालका अनुसार हामीले आम जनसमुदायलाई केपि ओलीका महत्वपूणर् भनाई शुन्न र बुझ्न निमन्त्रणा पत्रमार्फत जनसभामा सहभागि हुनका लागि अनुरोध गरेका छौँ । उहाँले भन्नुभयो, “हामीले कुनै पार्टी नछुट्याई निमन्त्रणा पत्र बाडेका हौँ ।”

दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा एक दिने कार्यशाला गोष्ठि समेत सम्पन्न गरिसकिएको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा भोली हुने वृहत जनसभालाई सफल बनाउन एमालेका सबै जनवर्गीय सङ्गठनहरु अहोरात्र प्रचार-प्रसारमा खटिई विभिन्न माध्यमबाट प्रचारका कामहरू गरिरहेका छन् । एमाले अध्यक्ष ओली र उपाध्यक्ष थापा ‘बादल’ सहित दुईवटा हेलिकोप्टमार्फत दश जना हलेसीमा प्रस्थान हुने नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले जानकारी दिनुभयो ।

हलेसीमा अध्यक्ष ओलि र पूर्व गृहमन्त्री थापा ‘बादल’ लाई आराम गर्नका लागि होटल व्याबस्थानको काम सकिएको छ भने विभिन्न पार्टी परीत्याग गरी जिल्लाका ७९ वटा वडाबाट नेकपा एमालेमा प्रवेश गर्नेको नाम लिष्ट समेत तयार पार्ने काम भईरहेको जिल्ला कमिटी अध्यक्ष दंगालले जानकारी दिनुभयो । दिक्तेल बजारका विभिन्न चौकमा एमालेका भातृ सङ्गठनहरुले गेट निर्माण गर्दै व्यानर र प्लेक्स राख्ने काम पनि सकिएको प्रचार-प्रसार समितीले जनाएको छ ।

यस्तै, नेकपा एमाले खाेटाङ- काठमाडौ  सम्पर्क मञ्च काठमाडौबाट पनि अध्यक्ष नवराज राेकाकाे नेतृत्वमा व्यापक उपस्थिति रहने जनाएकाे छ। भने उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलिकाे स्वागतका लागि जिल्लाकाे विभिन्न भेगबाट आजै जिल्ला सदरमुकाम आएकाे मानिसहरुले प्राय:सबै हाेटल र लजहरु भरिभराउ रहेकाे जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved