प्रेम श्रेष्ठ खाेटाङ। खोटाङ रावाबेसीमा ४५ दिने सीपबिकास तालिम सुरु
खोटाङको रावा बेसी गाउँपालिकाको आयोजनामा सीपबिकास तालीम दिई स्वरोजगार बनाउने उद्देश्यले रावा बेसी गाउँपालिका वडा न. ६ हौंचुरको पोखरीमा पोखरी, चापखर्क र पैयाका १६ महिला र २ पुरुष गरि जम्मा १८ जनालाई गरिबी निवारणका लागि लघुउद्दम विकास कार्यक्रम – अन्तर्गत ४५ दिने सिलाई कटाई तालिम आजबाट सुरु भएको छ । यस अघि उद्यम विकासको तालिम लिएको २४ महिला र २ पुरुष गरि जम्मा २६ मध्ये १६ महिला र २ पुरुष सहभागी भएको गाउँपालिका प्रवक्ता एवम् रावाबेसी गाउँपालिका- ६ हौंचुरका वडा अध्यक्ष यज्ञनारायण श्रेष्ठले बताउनुभयो ।
- September 29, 2026
