Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत हुनु हो: राष्ट्रपती भण्डारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 30, 2022
0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् ।  उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताइन् । ‘संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ’ उनले भनिन् ।

भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताइन् । उनले भनिन्, “हरियाली प्रवर्धन गर्ने, पानीका मूल बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ता समेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”

स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गरिन् । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाइजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताइन् ।

 भूकम्पले भत्काएका सम्पदा अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास अझ बलियो भएको दोहोर्याइन् । उनले भनिन्, “विश्व शान्तिका प्रवर्तक भगवान् बुद्धको नामबाट सुशोभित तथा सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरमा पुनर्निर्मित ऐतिहासिक कालिका मन्दिरले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राखेकोमा खुसी भएको छु ।”
भण्डारीले नगरले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरेको चर्चा गरिन् । “विश्व सम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु”, उनले भनिन् ।
उनले मन्दिर उद्घाटन पश्चात उक्त मन्दिरमा पुर्जा अर्चना गरेकी थिइन् । सो अवसरमा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त उक्त मन्दिर पुरातत्व विभागको रु एक करोड ४० लाख, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६० लाख तथा नमोबुद्ध नगरको रु चार लाख गरी रु दुई करोड चार लाखमा निर्माण सम्पन्न भएको जानकारी दिए । File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved