Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वृहत जनसभाकोे तयारी तिव्र, दशौ हजार बढी मान्छे उतार्ने यस्तो छ एमाले खाेटाङको तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 29, 2022
72 shares

खोटाङ । नेकपा (एमाले) खोटाङले वृहद आमभेलाकोे तयारी तिव्र रुपमा गरिरहेको प्रचार-प्रसार समितीले जनाएको छ । मंगलबार दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा बसेको दोश्रो बैठकले चैत १९ गते हुने वृहद आमभेलाकोे तयारी तिव्र गतिमा गरिरहेको जनाएको हो ।

दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने वृहद आमभेला लाई सफल बनाउन प्रचार-प्रसार समितिले विभिन्न प्रचारका कामहरू गरिरहेको छ । एमालेले गरेका कार्यहरुको एक दिन एक समाचार र श्रव्य दृश्य सामाग्री विभिन्न मिडियामा सार्वजनिक गर्न समेत प्रेस चौतारी नेपाल जिल्ला कमिटी खोटाङलाई जिम्मा दिइएको छ ।

घरदैलो अभियानमा दिक्तेल नगर कमिटीले जनपरिचालन गर्ने र अनेरास्वयु खोटाङले संयोजन गर्ने जिम्मा दिइएको प्रचार-प्रसार समितिका संयोजक रमेश पौडेलले बताउनुभयो । विभिन्न ठाउँहरुमा ओलीलाई स्वागत गर्न गेट समेत निर्माण गरिने भएको छ ।

कार्यक्रमस्थल (ग्राउण्ड) छिर्ने अगाडी गेट निर्माणका लागि जिल्ला पार्टी कमिटी खोटाङ, सिंचाई गेट अगाडी गेट निर्माणका लागि दिक्तेल नगर कमिटी, बेस क्याम्पस्थित जैपुरेडाँडामा अनेरास्वीयु खोटाङ, दिक्तेल बजारको जिरो प्वाइन्ट रन्तपार्कमा नेपाल खेलकुद महासंघ, त्रिवेणी चौकमा राष्ट्रिय युवा सङ्घ, हाटडाँडामा राष्ट्रिय उद्योग सङ्गठन, अस्पताल चौकमा अनेम सङ्घ, विद्युत कर्भडहल नजिकै निर्माण व्यावसायी सङ्गठन र त्रिधार्मीकधाम हलेसी महादेवमा मन्दिरमा हलेसी नगर कमिटीलाई गेट निर्माण गर्ने जिम्मा दिइएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

विभिन्न ठाउँहरुमा व्यानर राख्नका लागि प्रेस चौतारी नेपाल जिल्ला कमिटी खोटाङ, जनसाँस्कृतिक महासङ्घ, लोकतान्त्रीक आदिवासी जनजाती महासङ्घ, मानव अधिकार एलाइन्स, वुद्धिजीवि परिषद, उत्पीडित जातिय मुक्ती समाज, रिर्टर्नी फेड्रेशन, जिफन्ट, किशान महासङ्घ शिक्षक सङ्घठन, कर्मचारी सङ्घठन र स्वास्थ्यकर्मी सङ्घलाई जिम्मा दिएइको बताइएको छ । झण्डा, सेल्फि स्ट्यान्ड टोपिको लागि इन्द्रप्रसाद आचार्य, दिपक पाण्डे र सइन्द्र राईलाई जिम्मा दिएको छ ।

जन-साँस्कृतिक महासंघ र अनेरास्वीयुद्धारा साँस्कृतिक र्‍यालीको आयोजना
जन-साँस्कृतिक महासंघ खोटाङले बुधबार साँस्कृतिक र्‍यालीको आयोजना गरेको छ । चैत १९ गते दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने वृहद आमभेला लाई सफल बनाउन महासंघ र अनेरास्वीयुले साँस्कृतिक र्‍यालीको आयोजना गरेको हो ।

जन-साँस्कृतिक महासंघ केन्द्रिय सस्दय एवम् जन-साँस्कृतिक महासंघ एक नम्बर प्रदेश कमिटी सचिव प्रमोद श्रेष्ठका अनुसार भोली (विहान) ७ ः३० बजे पुष्पलाल स्मृति भवनबाट शुरु हुने साँस्कृतिक र्‍याली हाडाँडाँहुदै दिक्तेल बजारस्थित जिरो प्वाइन्ट रत्नपार्कमा साँस्कृतिक र्‍यालीको समापन गरिने छ । साँस्कृतिक र्‍यालीमा सुसन घिमिरे, उमेश खड्का, जुनु परियार, वेविका आचार्य, प्रशिका भट्टराई, सविना राई, सजना खवास र सलिना भुजेलले नृत्य गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।

जनसभालाई सफल बनाउने र हजार बढी मान्छे एमालेमा प्रबेश गराउन सिङ्गो एमालेको टिम लागि परेको छ, यसमा जिल्ला ईन्चार्ज विशाल भट्टराई , सह- ईन्चार्ज उषाकला राई लगाएत सम्पुणर् जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटी दिन रात खटि रहेका छन् ।

दिक्तेलबजार स्थित हेलिप्याडमा गर्ने भनिएको आमभेला ठाउँ नपुग्ने भएकोले माटिकोरे खेल मैदानमा सारिएको नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । अध्यक्ष ओली १९ गते विहान ८ बजे हेलिकोप्टरमार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने र हलेसी दर्शन पछि दिक्तेल आउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved