खेमराज पूरी ,खोटाङ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले गठबन्धनमा रहेका पाँच दल मात्र पर्याप्त नभए अन्य दल पनि थप्न सुझाव दिनुभएको छ । तर, पनि एमालेलाई पराजित गर्न नसक्ने उहाँको दावी छ गृह जिल्ला खोटाङ आउनु भएका भट्टराईले ऐसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको आइतबार उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौँ भनेर भन्नु भएछ । पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्री ज्यु अरु पनि छरियाका कोही छन् भने मिलाउनुहोस् एमाले यक्लै लड्छ ।”
एमालेको पोलिटब्युरो सदस्य समेत रहनुभएका प्रमुख सचेतक भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताउनुभयो । सबै राजनीतिक दल एक ठाउँमा उभिएपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेले एक्लै ५० प्रतिशत भन्दा बढी जित्ने एमाले प्रमुख सचेतक भट्टराईले दावी गर्नु भएको छ । यस्तै अहिलेका पाँच दललाई गठबन्धन शब्द नफापेको हुँदा गठबन्धनको पर्यावाची शब्द राख्न समेत सुझाव दिनुभएको छ । भट्टराईले भन्नुभयो “अहिलेका पाँच दललाई गठबन्धन फापेको देखिएन त्यसैले शब्दकोशमा गठबन्धनको पर्यावाची अर्को शब्द भए त्यो राख्दा हुन्छ ।भन्दै सत्ता पक्षलाई सुझाव समेत दिनू भएको छ। कार्यक्रममा बोल्दै ऐसेलुखर्क गाउँपालीकाको बिकासको बिषयमा सचेतक भट्टराईले कांग्रेसले १५ सैयाको हस्पिटलको टेण्डर विषयको विवाद पालिका भवन अस्थायी कर्मचारीहरुलाई विनाकारण जागिर बाट निकाल्ने लगायतको विषयमा पालिका अध्यक्षको असफलता भएको र यो असफल हुनु भनेको नेपाली कांग्रेस असफल भएको समेत दाबी गर्नु भएको छ।
