खोटाङको नेर्पामा ट्याक्टर पल्टीदा एकको मृत्यु ,दुई जना घाइते भएका छन् ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिएको हो ।
सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरको भनाई रहेको छ ।
उक्त दुर्घट्नामा घाइते हुनेहरुमा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ र २९ वर्षीय धनबहादुर सुनुवार रहेकाछन् ।
घाईतेहरुलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठ्माण्डौं रेफर गरिएको र मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
