प्रेम श्रेष्ठ, खाेटाङ। खाेटाङकाे रावाबेसी गाउँ पालिकामा किसान सुचिकरण राष्ट्रीय कार्यक्रम अन्तर्गत रावा बेसी गाउँपालिकामा सहजकर्ताको छनोट सगै किसान सुचिकरण सम्बन्धी प्राविधिक कर्मचारी र किसान सुचिकरण सहजकर्ताहरुलाई बुधबार एक दिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि वडा न ५ दुबेकोलमा आज किसान सूचीकरण सम्बन्धि वडा स्तरीय कृषि एकदिने गोष्ठी सहित आजबाट काम सुरु भएको छ गोष्ठीको सहजीकरण कृषि प्राविधिक उद्धब बास्तोलाले गर्नु भएको थियो । भोलि वडा न. १ कुभिन्डेमा र १५ गते वडा न. ४ डुम्रेधारापानीमा सो गोष्ठी सन्चालन हुने भएको छ । किसान सूचीकरण कार्यक्रम तिनै तहबाट संचालन हुने कृषि विकासका कार्यक्रमलाई वैज्ञानिक, पारदर्सी र प्रभावग्राही बनाउन साथै अनुदानका कार्यक्रमहरुलाई व्यवस्थित, राष्ट्रिय तथ्यांक प्रणालीलाई बलियो बनाउन, कृषकको मनोबल उच्च बनाउदै कृषि विकासमा उत्प्रेरित गर्नको लागि यस बर्ष रावा बेसी गाउँ पालिका का वडा न. ५ दुबेकोल वडा न. ४ डुम्रेधारापानी र वडा न. १ कुभिन्डेमा संचालन हुनेछ । जसका लागि वडा नम्बर ५ मा २ जना , ४ मा ३ र १ नम्बरमा २ जना गरि जम्मा जम्मा ७ जना सहजकर्ता खटाइसकिएको छ ।
- September 29, 2026
