यही २०७८ चैत्र ९ गते दिपायल मा र १० गते टेगरी ब्यारेक कैलाली मा गरेर सु.प. प्रदेशको २ स्थानमा नेपाली सेनाका भु.पु. सैनिक र तिनका परिवार हरु सङग पुनर्मिलन कार्यक्रम आयोजना गरेर सैनिक सेवामा सेवारत रहदाको समयको स्मरण गराउदै उनिहरुका जीवन र जगत सँग सराेकार रहने बिषयहरूमा छलफल तथा परामर्श गर्नुका साथै सँगै बसेर बडा खानाखाने, उनिहरूका पिर मार्काहरू सुन्ने र असहज रूपमा जिवन विताई रहेका पुर्व सैनिक जवानहरूकाे जीवन स्थर उकास्न सैनिक कल्याणकारी काेष बाट कसरी सहयाेग गर्न सकिन्छ भन्ने विषयमा परामर्श गर्नुका साथै विभिन्न राेगहरू सँग लडिरहेका बृध सैनिक तथा तिनका परिवार हरूकाे नि सुल्क स्वस्थ्य उपचार गर्नुका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गरेका भुपु सैनिक तथा तिनका परिवारहरू लाई पुरस्कृत गरेकाे छ । साथै लुगा कपडा र प्राथमिक उपचार कीट समेत बितरण गरेको थियो ।
उक्त कार्यक्रममा सम्माननीय प्रधान सेनापति श्री प्रभुराम शर्मा बलाधिकृत र सैनिक कल्याणकारी कोषका अध्यक्ष ज्यु लगायतका पदाधिकारीहरु, डोटी र कैलाली जिल्लाका मेयर, सिडिओ, प्रहरी र ससस्त्र प्रहरीका डि.आइ.जी.हरुकाे प्रमुख आतिथ्यतामा पत्रकार हरु र ७ नम्बर प्रदेशका ९ वटै जिल्ला का २१०० सय भन्दा बढिकाे सँख्यामा रहेका भुपु तथा तिनका परिवार हरूकाे उपस्थिति रहेकाे थियाे ।
साेही समारोहमा नेपाल ईन्भेष्टमेन्ट बैक बाट व्यवसाय गर्न प्रस्ताव पेस गर्ने हरुलाइ ब्यवसायीक लोन बितरण, घाइते तथा अपांग हरुलाइ ह्वील चियर बितरण गर्नुका साथै चैत्र ९,१०,११ र १२ गतेसम्म बोराडाडी स्थित सेनाको प्रादेशिक हस्पिटलमा निसुल्क विशेषज्ञ स्वास्थ्य सेवा सिबिर समेत विशेषज्ञ सैनिक डाक्टर हरुद्वारा सन्चालन गरिरहेको छ ।
यो समाचार तयार पार्दा सम्म दोटी दिपायल मा ६६८ जनाले र बोराडाडी स्थित सैनिक प्रादेशिक हस्पिटल बाट १४४३ जना गरि जम्मा २१११ जना भुपु सैनिक तथा तिनिहरुका परिवार हरुले उपचार सेवा पाइसकेका छन । करिब ३००० जनालाई स्वास्थ्य सेवा दिने उदेश्य रहेको यो सिबिर भोलि १२ चैत्र २०७८ सम्म सन्चालन हुने कुरा सिबिरमा सेवा गरिरहेका सैनिक चिकित्सक हरु बाट जानकारी प्राप्त भएको छ ।

नेपाली सेना ,रघुवीर ठगुन्ना “भुपु सैनिक दार्चुला”
